नेपाल सरकार
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय हुलाक सेवा विभाग

जिल्ला हुलाक कार्यालय, रोल्पाको पुरानो जीर्ण कच्ची भवन भत्काई लैजाने गरी लिलाम बिक्री सम्बन्धी दोस्रो पटक प्रकाशित सूचना
अद्यावधिक मिति:२०७७-३-१७

जिल्ला हुलाक कार्यालय, रोल्पाको

पुरानो जीर्ण कच्ची भवन भत्काई लैजाने गरी लिलाम विक्री सम्बन्धी सूचना

दोश्रो पटक प्रकाशित मिति: २०७७/०३/१७

यस कार्यालयको परिसरमा रहेको पुरानो कच्ची भवन जीर्ण भई जुनसुकै बेला भत्कन सक्ने भएको हुदाँ उक्त भवन (ढुगा,माटो, काठपात, ग्रील, स्लेट आदि) जे जस्तो अवस्थामा छन् भत्काई लैजाने गरी न्यूनतम मूल्य रु २८७३५९।१९ मा लिलाम बढाबढमा विक्री गर्नु पर्ने भएकोले मिति २०७७।२।२८ को बुटवल टुडे राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्दा कुनै  बोलपत्र फारम पर्न नआएकोले इच्छुक फर्म, संस्था वा कम्पनिलाई यो प्रस्ताव पुनः आव्हान गरिएको छ । यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र रु १०००/- तिरी निवेदन साथ यस कार्यालयबाट बोलपत्र फारम खरिद गर्न सकिने छ । खरिद गरिएका बोलपत्र फारम असार २३ गते दिनको १२ बजेसम्म सिलबन्दी गरी यस कार्यालयमा दर्ता गराई सक्नु पर्ने छ । उक्त दर्ता भएका सिलबन्दी फारमहरु सोही दिन दिनको २:०० बजे यस कार्यालयमा खोलिने छ । अन्य शर्तहरु बोलपत्र फारममा उल्लेख भए बमोजिम हुनेछन् । बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ । विस्तृत विवरण सहित थप जानकारीका लागि यस कार्यालयमा कार्यालय समय भित्र प्रत्यक्ष वा फोन नम्बर ०८६४४०१२४ मा सम्पर्क गर्न वा हुलाक सेवा विभागको website: www.postalservice.gov.np मा हेर्न सकिने छ ।