Nepal Government
MINISTY OF COMMUNICATION AND INFORMATION TECHNOLOGY Postal Services Department

Notice for Supply and Delivery of Lidseal, SutliDori, Black Laha, Postal Form and Wireless Bar Code Reader
Updated at:11th Jan, 2019

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

हुलाक सेवा विभाग

डिल्लीबजार, काठमाडौं, नेपाल

 

लिडसिल, सुत्ली डोरी, कालो लाहा, पोष्टल फाराम र वायरलेस बारकोड रिडर खरिद गर्ने बारेको बोलपत्र आह्वानको सूचना

सूचना नं.:-२०७५/०७६

प्रथम पटक सूचना प्रकाशित मिति : २०७५/०९/२७ गते

यस विभागलाई आ.. २०७५/०७६ को लागि आवश्यक पर्ने लिडसिल, सुत्ली डोरी, कालो लाहा, पोष्टल फाराम र वायरलेस बारकोड रिडर विद्युतिय माध्यमबाट बोलपत्र मार्फत खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त इच्छुक संस्था, फर्म/कम्पनीहरुलाई यो सूचना तथा बोलपत्र फाराममा उल्लेखित शर्त र रीत पुरा गरि e-bidding portal www.bolpatra.gov.np/egp मार्फत बोलपत्र पेश गर्न आव्हान गरिन्छ ।

शर्तहरु:

  1. इजाजत प्राप्त संस्था, फर्म/कम्पनीले देहायमा उल्लेख गरिएका छुट्टा छुट्टै ठेक्काहरु मध्ये एक वा एक भन्दा बढि ठेक्कामा बोलपत्र पेश गर्न सक्नेछ, तर प्रत्येक ठेक्काको छुट्टा छुट्टै बोलपत्र पेश गर्नुपर्ने छ ।
  2. बोलपत्र फाराम e-Gp System को www.bolpatra.gov.np/egp बाट डाउनलोड गरी प्राप्त गर्न सकिने छ ।
  3. इजाजत प्राप्त इच्छुक योग्य संस्था, फर्म/कम्पनीले बोलपत्र पेश गर्नु अघि e-Gp system मा register गर्नुपर्ने छ र बोलपत्र दस्तुर बापत रु ३०००.०० प्रति ठेक्का देहायको बैंकमा जम्मा गर्नुपर्ने छ ।
    बोलपत्र दस्तुर जम्मा गर्ने प्रयोजनको लागि विवरण :
    बैकको नाम राष्ट्रिय वाणिज्य बैंक, टेकु शाखा         कार्यालयको नाम : कोष तथा लेखा नियन्त्रक कार्यालय
    कार्यालय कोड नं.: ३५-८०-४३-५०३               कार्यालय खाता नं.: क-१-१-९९९
    राजश्व शिर्षक नं.: १४२२७
  4. बोलपत्रदाताले देहायको विड सेक्यूरिटी रकम को.ले.नि.का. थापाथलीको नाममा रहेको १२०१२००००१००२५२४ नम्बरको नेपाल राष्ट्र बैंक थापाथली स्थित धरौटी खातामा जम्मा गरेको बैंक भौचर वा सोही रकम बराबर बोलपत्र पेश गर्ने अन्तिम मितिबाट कम्तिमा १२० दिनको अवधि रहेको मान्यता प्राप्त बैंकको बैंक जवानी पत्र (विड वण्ड) Scan गरी पेश गर्नुपर्ने छ । सो को सक्कल प्रति बोलपत्र पेश गर्ने अन्तिम म्यादको ३ दिन भित्र विभागमा पेश गर्नुपर्ने छ ।
  5. इच्छुक बोलपत्रदाताले www.bolpatra.gov.np/egp मा विद्युतिय माध्यमबाट २०७५/१०/२८ गते १:०० बजे भित्र pdf format मा तयार गरी बोलपत्र पेश गर्नुपर्ने छ ।
  6. विद्युतिय माध्यमबाट www.bolpatra.gov.np/egp मा upload भएका बोलपत्रहरु २०७५/१०/२८ गते २:०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिने छ । बोलपत्रदाता निजको प्रतिनिधि अनुपस्थित भएको कारणले मात्र बोलपत्र खोल्ने कार्यमा बाधा पर्ने छैन ।
  7. बोलपत्र बारेमा थप जानकारी लिन आवश्यक परेमा हुलाक सेवा विभाग, डिल्लिबजार, काठमाडौंमा सम्पर्क गर्न सकिने छ ।
  8. विद्युतिय माध्यमबाट बोलपत्र पेश गर्ने सम्वन्धि प्राविधिक जानकारी लिन आवश्यक ठानेमा सार्वजनिक खरिद अनुगमन कार्यालयमा सम्पर्क गर्न सकिने छ ।
  9. बोलपत्र पेश गर्ने दिन सार्वजनिक विदा परि कार्यालय बन्द रहेमा उक्त कार्य लगत्तै कार्यालय खुलेको दिनमा हुनेछ ।
  10. यो सूचनामा उल्लेख नभएका कुराहरु बोलपत्रमा भएका कागजात, सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली २०६४ र प्रचलित नेपाल कानून अनुसार हुनेछ ।

ठेक्का नं.

खरिद विवरण

खरिदको प्रकार

बोलपत्र दस्तुर (रु.)

विड जमानत रकम (रु.)

PSD/G/NCB-3/2075/76

लिडसिल, सुत्ली डोरी, कालो लाहा आपूर्ति गर्ने

बोलपत्र

,०००.००

९०,०००.००

PSD/G/NCB-5/2075/76

पोष्टल फाराम आपूर्ति गर्ने

बोलपत्र

,०००.००

५६,०००.००

PSD/G/NCB-6/2075/76

वायरलेस बारकोड रिडर आपूर्ति गर्ने

बोलपत्र

,०००.००

६२,०००.००